Introduction

क) ऐतिहासिक पृष्ठभुमी

यस विद्यालयको ऐतिहासिक पृष्ठभूमी केलाएर हेर्दा देशका बिभिन्न जिल्लाबाट बसाई सरेर यस स्थानमा वसोवास गरेका स्थानीय वुद्घिजिवि र भद्र भलादमीहरुले वि.सं २०३८ सालमा यस विद्यालयको विजारोपण गरेको पाइन्छ । तत्कालिन श्री ५ को सरकारको शिक्षा नीति अनुरुप यस क्षेत्रका अग्रणी व्यक्तित्व स्वः नयन सिंह खडका लगायत अन्य शिक्षा प्रेमी, समाजसेवी, अभिभावकहरुले हालको दोधारा चादनी ६ स्थित यस विद्यालयको खुल्ला चौरमा सुरुवात गरेको पाइन्छ । वि.सं. २०३८ साल माघ १० गते कक्षा ८ को स्वीकृित प्राप्त गरी संचालन भएको पाइन्छ । स्थापना समयमा विदयालयको आÏनै भवन नभएको अवस्थामा कक्षा सञ्चालन गर्न निकै कठिनाइ भएकोले सिमलको रुखमुनि वालवालिकाहरु राखेर कक्षा सञ्चालन गर्नुपरेको विवशता यस विदालयको संघर्षको इतिहाससंग जोडिएको कुरा हो । त्यसै अनुरुप २०३९/०४० को शै. स. मा तत्कालिन जिल्ला पञ्चायत र गाउ“ पञ्चायतको सहयोगमा ५ कोठे भवनको शिलान्यास भई सो भवनमा पठनपाठन कार्य सञ्चालन गरेको थियो । यस श्री भानु माध्यमिक विदयालयले मिति २०४०।०४१ साल देखि एस.एल.सी. परीक्षामा सम्मिलित भइ विगत विभिन्न वर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । वि.सं. २०४६,२०४७ को शैक्षिक सत्रमा यस विद्यालयमा कार्यालय भवनको आवश्यकता महशुस गरी विद्यालयको पश्चिमपट्टि ४ कोठे भवन निमार्ण गरिएको पाईन्छ जुन कार्यालय भवन हाल छात्राबासका रुपमा संचालन भइरहेको छ । यस ठाउको विकास हुदै जादा वि.सं. २०५७ को शैक्षिक सत्रबाट आवश्यक पूर्वाधार जुटाई यस विद्यालयमा कक्षा ११र१२ को पठनपाठन भएको थियो । वि.स.२०६८ सालमा इलाइट प्रा.वि. लाइ मिलाएर कक्षा १ देखि पठनपाठन र वि.सं. २०७० को शैक्षिक सत्रदेखि यस विद्यालयमा प्राविधिक धार अन्तर्गतको कम्प्यूटर इन्जिनियरि¨ विषय पठनपाठन भैरहेको छ । साथै वि.स.२०७६ देखि थप प्राविधिक शिक्षामा जोड दिन प्रिडिप्लोमा अन्तर्गत बाली विज्ञान विषय पनि पठनपाठन हुदै आएको छ ।

ख) भौगोलिक अवस्थिती

सर्वप्रथम यस विद्यालयको चिनारी दिनुपर्दा श्री भानु मा.वि. नेपालको सुदूरपश्चिम प्रदेश ,कञ्चनपुर जिल्लाको पश्चिम महाकाली नदी पारिको टापु भनेर चिनिने दोधारा च“ादनी नगरपालिका ६ नया गाउ“मा आफुसित प्राप्त प्राकृतिक वातावरण सग लडिवुडि खेल्दै अवस्थित रहेको छ । पूर्वमा महाकाली नदी पश्चिममा भारतको उत्तर प्रदेश, उत्तरमा भारतको वनबासा र दक्षिणमा उत्तर प्रदेशको बङ्गगाली कलौनी र महाकाली नली, जोगवुडा नदीको विचमा अवस्थित जम्मा २ —१०— ० विगाहा क्षेत्रफलमा रहेको छ । विद्यालय र यसको सेवा क्षेत्र वरपरका बालबालिकाहरुको विद्यालय सम्म पुग्न राम्रो बाटो घाटोको व्यवस्था भएपनि वर्षा याममा अलि समस्या रहेको छ । वरपरको भूमी आवादी युक्त र बस्ती बाक्लो छ ।

ग) सामाजिक सांस्कृतिक अवस्था

यस विद्यालयको सेवा क्षेत्र भित्र बा्रहमण,ठकुरी,सुनार,दमाई,औजी,परियार, पोखरेल,कामी, थापामगर, राना, आदि विभिन्न जात जाती का मानिस हरु बसोबास गर्छन । अधिकांस मानिसहरु गरिव नै छन । जुन भारत तिर गएर दैनिक ज्याला मजदुरी गरि आफनो परिवारको पालन पोषण गर्छन । अधिकाश परिवारहरु एकदम गरिव हालत मा दिन चर्या बिताई रहेका छन । कृषि मा नै भर पर्ने हुदा जमिन थोरै र उब्जनी पनि बलौटे माटो भएको हुनाले कमै हुने गर्दछ । सेवा क्षेत्र भित्रका वासिन्दाको सामाजिक सांस्कृतिक अवस्था परम्परागत पहाडी किसिमको रहको छ । आफनो परम्परागत जीवनशैलीको वाहुल्यता रहेपनि हिजो आज विदेशी भाषा र धर्मको प्रभाव पनि बढी रहेको देखिन्छ । यस क्षेत्रमा विशेष गरी बैतडी, बझाङ्ग, दार्चुला, बाजुरा,अछाम, आदि जिल्ला बाट वसाई सरेर आएका वासिन्दाहरुको बाहुल्यता भएकोले संस्कृति पनि सोहि अनुसारको रहेको पाइन्छ ।

घ) विद्यालयमा प्राविधिक शिक्षाको पृष्ठभूमी :

शिक्षामा वैज्ञानिक प्रयोग तथा शोध अनुसन्धानहरुद्वारा नवप्रवर्तनहरु भइरहेको वर्तमान समयमा यस विदयालयले पनि समयसापेक्ष रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्न प्रयत्नरत रहनु पर्ने आवश्यकतालाई ह्दयङगम गर्दै वि.सं. २०७० सालदेखि कक्षा ९ बाट प्राविधिक शिक्षामा कम्प्युटर इन्जिनियरि¨ विषयका कक्षाहरु सञ्चालनमा ल्याएस“गै हाल कक्षा १२ सम्म प्राविधिक धार तर्फका कक्षाहरु सञ्चालनमा रहेकाछन । यसै सन्दर्भमा शैक्षिक सत्र २०७६ देखि यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै प्राविधिक धारतर्फ कृषि बाली विज्ञानका कक्षा हरु संचालन गर्ने र सो सम्वन्धमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९ऋत्भ्ख्त्० को सम्वन्धन लिई १८ महिने तालिम कार्यक्रम पनि संचालनमा रहेको छ तथापि शैक्षिक गुणस्तर , पूर्वाधार विकास, विद्यार्थीको सिकाई उपलब्धिस्तर, छात्रवृति, खेलमैदान निर्माण र खेल सामग्रीको व्यवस्था, वातावरणीय सुधार एवं विद्यालय र¨रोगन जस्ता चुनौतिहरु देखापरेका छन ।