Mission And Vision

Vission

दूरदृष्टियुक्त, गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका साथै स्वरोजगारमुखी, सीपमूलक, र समतामूलक समाजको निर्माणमा समर्पित, देशकै उत्कृष्ट शिक्षालयको रूपमा श्री भानु माध्यमिक विद्यालय निरन्तर अगाडि बढिरहेको छ। आधुनिक प्रविधिसँग समन्वय गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले विद्यालयले स्मार्ट कक्षा, डिजिटल पाठ्यपुस्तक, र इन्टरनेटमैत्री पठनपाठनको प्रवन्ध मिलाएको छ। विद्यालयले विद्यार्थीहरूमा नेतृत्व क्षमता, नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र रचनात्मक सोचको विकासमा विशेष ध्यान दिएको छ। कृषिशिक्षा, प्राविधिक तालिम, र परियोजनामूलक सिकाइमार्फत विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने प्रयास गर्दै आएको छ। शिक्षकहरूको अनुभव, विद्यार्थीहरूको परिश्रम, अभिभावकको साथ र व्यवस्थापनको दृढ प्रतिवद्धता यही विद्यालयको सफलता र लोकप्रियताको मूल कारण हो। समाजमा शिक्षाको प्रकाश फैलाउँदै, नवप्रवर्तनशील विचारहरूलाई आत्मसात गर्दै श्री भानु मा.वि. एक आदर्श शिक्षालयका रूपमा स्थापित हुँदै गएको छ।

Mission

सम्पुर्ण बालबालिकालाई साधारण र प्राविधिक शिक्षाको माध्यमबाट अध्ययन अध्यापन गराउनु , दक्ष प्राविधिक प्रशिक्षक द्घारा प्रयोगात्मक रुपमा प्रशिक्षण गर्ने, स्वरोजगार तथा समतामूलक शिक्ष्ाँको अवधारणाका आधारमा शिक्षणको व्यवस्था गर्ने श्री भानु मा.वि. को ध्येय हुनेछ ।

Goal

क) सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने ।
ख) विदयालयको भौतिक पूर्वाधार सु–सम्पन्न गर्ने ।
ग) सूचना प्रविधिमैत्री ९क्ष्ऋत्० शिक्षण सिकाई गर्ने ।
घ) स्वरोजगारका लागी कार्यगत तालिम ९इव्त्० प्रभावकारी रुपमा संचालन गर्ने । ।

Objectives

क) विद्यार्थी केन्द्रित सिकाई वातावरण सृजना गर्न कक्षा कोठामा पुस्तकालय कुना निर्माण
ख) विद्यार्थी तथा अभिभावकका लागि सुझाव पेटिका राख्ने
ग) सरोकारवाला स“ग त्रैमासिक,अर्ध बार्षिक र बार्षिक रुपमा विद्यालयका गतिविधिको समीक्षा गर्ने
घ) औसत सिकाई उपलब्धिका लागि शिक्षण सुधार योजना बनाई शिक्षण गर्ने
ङ) प्रत्येक कक्षामा लग बुकको व्यवस्थापन गरी कार्यान्वयनमा ल्याउने
च) विषयगत बार्षिक कार्ययोजनाका आधारमा कक्षा कोठामा प्रशिक्षण गर्ने
छ) टर्मिनल परीक्षाको समीक्षा गरी निर्माणात्मक शिक्षण प्रशिक्षणमा जोड गर्ने