शिक्षा तथा मानवस्रोत बिकास केन्द्रद्वारा युवाहरुमा गुणस्तरीय शिक्षाका लागि श्री भानु
मा.वि.दोधारा च“ादनी
वडा नं. ६ , कंञ्चनपुर लाई छनौट गरी विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्घिका लागि अवसर
प्रदान गरेका
आधारमा सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश अन्तर्गत सञ्चालित क्वालिटी
परियोजनाको
सहयोगमा विभिन्न चरणमा विद्यालय सुधार योजना निर्माण सम्बन्धि गोष्टी,तालिम लिई योजना
निमाणमा
निकै सहयोग भएको महसुस गरेको छु । योजनाको अवधी वि.सं. २०८१ देखि वि.सं. २०८५ सम्म रहने
छ ।
दोधारा च“ादनीकै पुरानो माध्यमिक तह संचालित विद्यालयका रुपमा चिनिने श्री भानु
मा.वि.ले
यहाका विद्यार्थी तथा अभिभावकहरुको शैक्षिक आवश्यकता तथा रुचिलाई मध्यनजर गरेर बाल
कक्षा
देखि
कक्षा १२ सम्म साधारण धार र कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक धारमा अध्ययन अध्यापन
गराउदै
आएको व्यहोरा अवगत गराउदछु । यसका साथै प्राविधिकधार तर्फ कम्प्युटर ( ९—१२ ) र
प्रिडिप्लोमा बाली
विज्ञान सहित पठनपाठन हुदै आएको छ । दोधारा च“ादनीका १० वटै वडाहरु यस विद्यालयको सेवा
क्षेत्रका
रुपमा रहेका छन ।
शैक्षिक गुणस्तर अभिबृद्घि तथा विद्यालयको सर्वा¨ीण विकासका लागि ५ वर्षे (२०८१—२०८५)
विद्यालय सुधार योजना निर्माण गरि विद्यालय विकासलाई अगाडि वढाउन यो योजना कोशेढुङगो
सावित
हुने
विचार महसुस गरेको छु । तसर्थ विद्यालयका सम्पूर्ण पक्षलाई समेटी शैक्षिक गुणस्तर
अभिबृद्घि
गर्ने लक्ष यस
योजनाको रहेको छ । पञ्चबर्षीय विद्यालय सुधार योजना निर्माणमा विद्यालयलाई समय समयमा
घचघच्याई
प्राविधिक सहयोग गर्ने क्वालिटी परियोजनालाई धन्यवाद दिन चाहान्छु । साथै योजना
निमार्णमा
खटिने
विद्यालयमा गठित योजना निमार्ण समितिलाई विशेष धन्यवादका साथै शिक्षक
कर्मचारी,वि.व्य.स.अध्यक्ष
लगायत सदस्य ज्यू, शिक्षक अभिभावक सघ,वडा अध्यक्ष वडा नं. ६ लगायत सदस्यहरु,नगर
प्रतिनिधि,विद्यार्थी,अभिभावक तथा अन्य सरोकारवालालाई मेरो व्यक्तिगत तर्फवाट र
विद्यालय
परिवारकै
तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यस पञ्चवर्षीय विद्यालय सुधार योजनामा आएका सम्पूर्ण योजनाहरुलाई कार्यान्वयनका लागि
वि.व्य.स.,शिक्षक अभिभावक स“घ,वडा नं.६को कार्यालय,दो.चा.न.पा.को कार्यालय,सामाजिक
विकास
मन्त्रालय
सुदूर पश्चिम प्रदेश तथा क्वालिटी परियोजना,शिक्षा तथा मानवस्रोत विकास केन्द्र,शिक्षा
मन्त्रालय लगायत
विभन्न गैर सरकारी तथा सरकारी संघ संस्था,विद्यार्थी ,अभिभावक,शिक्षक कर्मचारीहरुमा
आ—आÏनो
ठाउबाट
योजना अनुुसार कार्यान्वयन पक्षलाई सबल बनाउन सहयोगको अपेक्षा गरेको छु ।
Read More